×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ राजदूतलाई देश निकालाको माग गर्दै पुलता दहन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चिनियाँ राजदूतलाई देश निकालाको माग गर्दै पुलता दहन

Artha Sarokar

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुटनीतिक मर्यादा विपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले चिनियाँ राजदूतको पुतला दहन गरेको छ ।

राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको विरोध प्रदर्शनमा ‘चिनियाँ राजदूतलाई फिर्ता गर’, ‘ऋणजाल चाहिँदैन’, ‘देश डुबाउन पाइँदैन’, ‘आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’, ‘चिनियाँ विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पूर्वेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत सम्बन्ध बिगार्ने उदेश्यले दिएको अभिव्यक्ति निन्दनीय रहेको बताएका छन् । साही क्रममा उनले चिनियाँ राजदूतलाई तत्का देश निकाला गर्न पनि माग गरेका छन् ।

त्यस्तै, उनले नेपाल–भारत जलविद्युत सम्झौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यसबाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले उक्त कुरा चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप समेत लगाएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी