काठमाडौं । भारत र सिंगापुरले भारत र सिंगापुरबीचको डिजिटल जडानमा अर्को कोसेढुङ्गाको रूपमा ‘ट्रेड ट्रस्ट प्लेटफर्म’ प्रयोग गरेर पहिलो प्रत्यक्ष पेपरलेस लेनदेन गरेको छ ।
‘भारत–सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन र प्रधानमन्त्री मोदीसँगको बैठकपछि हामीले ट्रेड ट्रस्ट प्लेटफर्म प्रयोग गरेर पहिलो प्रत्यक्ष पेपरलेस लेनदेन परीक्षण गरेका छौं ।’, सिंगापुर उच्चायुक्त साइमन वोंगले भनेका छन्, ‘सिंगापुर र भारतबीच डिजिटल जडानमा अर्को माइलस्टोन हो ।’
त्यस्तै, भारत–सिङ्गापुर मन्त्रीस्तरीय गोलमेच बैठक र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उक्त कारोबार भएको हो । गतवर्ष एक संयुक्त भारत–सिङ्गापुर मन्त्रीस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको थियो । त्यसबेला प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत–सिंगापुर मन्त्रीस्तरीय गोलमेजको उद्घाटन सत्रको नतिजाको बारेमा जानकारी गराएको थियो ।
प्रतिनिधिमण्डलले विशेषगरी डिजिटल कनेक्टिभिटी, फिनटेक, हरित अर्थतन्त्र, सीप विकास र खाद्य सुरक्षाका उदीयमान क्षेत्रहरूमा भएका विस्तृत छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यो भारत–सिंगापुर मन्त्रीस्तरीय गोलमेजको पहिलो बैठक थियो । आर्थिक सहयोगलाई बढावा दिन दुई देशबीचको नयाँ मन्त्रीस्तरीय मञ्च हो । आईएसएमआरले विद्यमान सहयोगलाई गहिरो बनाउन र नयाँ र उदीयमान क्षेत्रहरूमा पारस्परिक रूपमा लाभदायक सहयोगका लागि अवसरहरू पहिचान गर्न खोज्छ ।
यसवर्ष मार्चमा विदेश मन्त्री एस जयशंकरले सिंगापुरका व्यापार र उद्योग मन्त्री गान किम योङसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा मन्त्री जयशंकरले ‘भारत–सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज प्रक्रियालाई अगाडि बढाउन’ पहल गरेका थिए । भारत र सिंगापुरले हालै दुई देशहरू बीच निर्बाध सीमापार लेनदेनको लागि आ–आफ्नो सम्बन्धित अनलाइन भुक्तानी प्रणालीहरू जोडेका छन् ।
भारतका लागि सिंगापुरका उच्चायुक्त साइमन वोङ वि कुएनले यस सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पु¥याउने र उनको देश भारतको डिजिटल रूपान्तरण यात्राको हिस्सा बन्न निरन्तर लागिरहेको बताएका छन् ।