Skip to content
LAXMI SUNRISE BANK

चीनबाट ल्याइएको ५६ कार्टुन मुर्तिमा सुन भएको आशंका

अर्थ सरोकार

काठमाडौं । चीनबाट आयात भएको मुर्तिमा सुनको लेपन लगाइएको आशंकामा अहिले परीक्षण भइरहेको पाइएको छ । एक आयातकर्ताले चीनबाट ल्याएको ५६ कार्टुन मुर्तिमा सुनको लेपन लगाएको आशंका भएपछि अहिले भन्सार विभागले ‘ल्याब टेष्ट’ गरिरहेको पाइएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा उक्त मुर्तिको ‘एक्सरे’ गर्ने क्रममा मुर्तिमा सुनको लेपन लगाइएको आशंका गरिएको थियो । तर, कार्गोको एक्सरेले सुन हो कि होइन भन्ने यकिन नगरेपछि अहिले भन्सार विभागकै ल्याबमा परीक्षण भइरहेको विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए ।

‘कार्गोबाट भन्सार विभागमै ल्याएर यहाँको ल्याबमा परीक्षण हुँदैछ, के कति मात्रामा सुन लेपन गरिएको छ भन्ने यकिन हुन बाँकी छ’ खड्काले भने, ‘५६ कार्टुन भएकाले अलि समय लागेको हो ।’

विभागका आयातकर्ताले कतै उपहार दिन ल्याएको सामान भएकाले चाँडो परीक्षण सकेर ‘रिलिज’ गरिदिन विभागमा अनुरोध गरेका छन् । त्यो मुर्ति कसले आयात गरेको हो भन्ने विभागले खुलाएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK