×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभापति देउवासँग भारतीय विदेश मन्त्रीको भेटवार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सभापति देउवासँग भारतीय विदेश मन्त्रीको भेटवार्ता

Artha Sarokar

२० पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

भेटमा पूर्वप्रधानमन्त्री देउवा र जयशंकरबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

भारतीय विदेश मन्त्री डा. जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन पुष १९ गते नेपाल आएका थिए । उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । उनी भ्रमण सम्पन्न गरी पुस २० गते स्वदेश फर्कनेछन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी