काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी रहेका थिए ।
यसअघि भारतीय विदेशमन्त्री डा.जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी पुस २० गते स्वदेश फर्किनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्