×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि रसिया पठाईदिने भन्दै रकम ठगी गर्ने मिलन तामाङ पक्राउ

PRIME CA
GLOBAL IME BANK

वैदेशिक रोजगारीका लागि रसिया पठाईदिने भन्दै रकम ठगी गर्ने मिलन तामाङ पक्राउ

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। वैदेशिक रोजगारीका लागि रसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला उदयपुरगडी गाउँपालिका वडा नं.०९ ध्वासे फुलबारी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन्।

तामाङले गणेश बिसी सहित दुई जनालाई आकर्षक तलब हुने प्रलोभनमा परेर विदेश पठाईदिने भन्दै एक लाख ६५ हजार रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ २ गते सामाखुसीबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: