Skip to content
LAXMI SUNRISE BANK

युके पठाईदिन्छु भन्दै ७६ लाख ठग्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाईदिन्छु भन्दै ७६ लाख ठग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं.०९  घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २८ बागबजार बस्ने पाण्डप भन्ने युद्ध बहादुर के.सी. रहेका छन् ।

उनले सारदा सुवेदीसहित तीन जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर पटक-पटक गरी ७६ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK