काठमाडौं । अरुको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ घर भएका २३ वर्षीय सिद्धार्थ चौधरी, बाराको महागढीमाई नगरपालिका-५ घर भएकी २५ वर्षीया सोनम कुमारी चौधरी र वीरगन्ज महानगरपालिका-१५ घर भएका २६ वर्षीय राहुल रै दास रहेका छन् ।
उनीहरुले सामाजिक संजालमा ‘वैदेशिक रोजगारीको अवसर’ भन्ने सूचना राखेर विदेश पठाउने नाममा रकम हाल्न लगाउने र सम्पर्कविहीन हुने गरेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा जान इच्छुकहरुकै कागजात दुरुपयोग गरेर बैंक खाता खोल्ने र रकम डिपोजिट गर्न लगाउने गरेको भेटिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार उनीहरुले अहिलेसम्म अर्काको नागरिकता दुरुपयोग गरेर खोलेको बैंक खाता मार्फत ८२ लाखभन्दा बढी कारोबार गरेको भेटिएको छ ।
त्यस्तै, प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको ३ तिन मोबाइल, ल्यापटप १ थान, सिद्धार्थ चौधरीको नागरिता प्रमाण पत्र र विभिन्न कागजात बरामद गरेको छ ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्