काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा जनकपुर धाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको छ । भारतीय राजदूतावास काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको आयोजनामा जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरिएको हो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।
उक्त महोत्सव जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो र दुई सत्रमा विभाजित थियो । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
महोत्सवको पहिलो सत्रको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गरेका थिए भने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाएका थिए ।

सो महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको भारतीय राजदूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्