×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

Artha Sarokar

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा जनकपुर धाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको छ । भारतीय राजदूतावास काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको आयोजनामा जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरिएको हो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।

उक्त महोत्सव जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो र दुई सत्रमा विभाजित थियो । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।

महोत्सवको पहिलो सत्रको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गरेका थिए भने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाएका थिए ।

सो महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको भारतीय राजदूतावासले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी