Skip to content
LAXMI SUNRISE BANK

इवा खोला जलविद्युत आयोजना पुन: संचालनमा

अर्थ सरोकार

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन सञ्चालनमा आएको छ ।

२०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रूपले क्षति भई बन्द भएको थियो । बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रूपले सञ्चालनमा आएको आयोजनाका कार्यकारी निर्देशन कुबेर मणि नेपालले बताए । 

आयोजनाका कार्यकारी निर्देशक नेपालका अनुसार बाढीले डेढ किलोमिटर हेडरेस पाइप भत्काएको थियो भने बाढीले पावर हाउस डुबाउनका साथै आयोजनाको बाँध पूर्ण रूपले क्षति भएको थियो । यस आयोजन २०७६ असोज २० देखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । 

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इवा खोलामा अवस्थित इवा खोला जलविद्युत आयोजनामा तत्कालीन बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैंक, एनसीसी बैंक, सिटिजन बैंक इनटरनेशनल र सिद्धार्थ बैंक लिमिटेडको लगानी रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK