Skip to content
LAXMI SUNRISE BANK

१३ लाख बराबरको नक्कली नोटसहित चारजना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । १३ लाख नक्कली नोटसहित बाराबाट चार जना पक्राउ परेका छन् ।

१३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय बाराले चारजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कोल्हवी नगरका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, रौतहटका १९ वर्षीय मोहनबहादुर साह र विहार मोतिहारीका ४० वर्षीय महमद आलम रहेका छन् । उनीहरुलाई सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट कुल १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोट र भारतीय नम्बर प्लेट बिआर ०६ए डब्ल्यु २७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद गरिएको नक्कली नोटः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK