Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले बढेर एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २२ सय ५० रुपैयाँले बढेर प्रतितोला एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २० हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १९ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२९ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK