काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २१ हजार ९ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २१ हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६०७.५० रुपैयाँ कायम भएको छ।
यता सुन व्यवसायीहरुले भने सुनको भाउ अझै माथिसम्म जानसक्ने बताएका छन् । अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढिरहेका बेला त्यसको प्रभाव नेपालमा पनि देखिएको व्यवसायीहरुले बताएका छन् । यही स्थिति कायम रहे सुनको भाउ थप बढ्ने उनीहरुको भनाई छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्