काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको औचित्य सुरक्षित गर्न पनि सहकारी ठगलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै, केसीले छानविनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै दूधको दूध पानीको पानी हुनेगरि छानबिन गर्न माग गरेका छन् ।
केसीले सहकारी ठगी प्रकरणमा सहकारीको रकम हिनामिना गर्ने ठगहरुलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्ने बताएका छन् ।
राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसदको रोष्टमबाट बोलेर अरुलाई दोषी देखाएर आफ्नो कर्तुत जोगाउन लागेको केसीको भनाइ रहेको छ ।