×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम नै भव्य, आर्थिक विधेयक २०८१ मा गहन छलफल…(फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम नै भव्य, आर्थिक विधेयक २०८१ मा गहन छलफल…(फोटो कथा)

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा आर्थिक विधेयक २०८१ को प्रभावबारे विशेष बहस सम्पन्न भएको छ । जेठ २१ गते (सोमबार) ललितपुरको होटल हिमालयमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । 

उक्त कार्यक्रम एक्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम हो । नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम भए पनि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सिए सुदर्शन राज पाण्डे, सिए प्रविण राज काफ्ले, सिए निकिता अग्रवाल, सिए शेषमणि दाहाल र अभिवक्ता महेश कुमार थापाबीचमा प्यानल डिस्कसन भएको थियो ।

त्यस्तै, डिस्कसनका क्रममा उनीहरुले आर्थिक विधेयक २०८१ र त्यसको प्रभावका बारेमा गहन छलफल तथा विमर्श गरेका थिए । कार्यक्रममा सहभागिहरुले पनि छलफलमा उत्साहजनक सहभागिता जनाएका थिए । उक्त कार्यक्रम सिए सरोकार, अर्थ सरोकार र संघको आधिकारिक फेसबुक पेजमार्फत लाइभ गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी