×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाका नेताहरु जर्सी लगाएर संसद भवनमा, नेपाली खेलाडीलाई हौसला मूख्य उद्देश्य ! (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रास्वपाका नेताहरु जर्सी लगाएर संसद भवनमा, नेपाली खेलाडीलाई हौसला मूख्य उद्देश्य ! (फोटो-कथा) 

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् बैठकमा पुगेका छन् । ‘टि-२० विश्वकप’ खेल्न अमेरिका पुगेका नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन भन्दै रास्वपाका सांसदहरु प्रतिनिधि सभाको बैठकमा नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् भवन पुगेका हुन् । 

नेपाली क्रिकेटको जर्सी लगाएका रास्वपाका सांसदहरुले संसद भवनमा सामूहिक तस्विरसमेत खिचाएका छन् । 

उनीहरुले एक दशकपछि नेपालले जेठ २२ गते (मंगलबार) ‘टि-२० विश्वकप’को पहिलो खेल खेल्न लागेकोले खेलाडीको हौसला बढाउन भन्दै नेपाली क्रिकेट टोलीको जर्सी लगाएको बताएका छन् । नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् बैठकमा सहभागी हुनुको नितान्त उद्देश्य खेलाडीको हौसला बढाउनु रहेको रास्वपा सांसदको भनाई छ । 

आज नेपालले अमेरिकाको डालास्थित ग्रान्ड प्रिएरी क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार रातीको ९ बजे नेदरल्याण्डसँग ‘टि-२० विश्वकप’को पहिलो खेल खेल्दैछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी