×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

Artha Sarokar

२४ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको हो ।

वार्तामा प्रधानमन्त्री प्रचण्डले भारतका कार्यवाहक प्रधानमन्त्री मोदीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन वार्ता भएपछि मोदीले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुशी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ । भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ ।’, प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै भारतीय राजदूतावासले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी