Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १८२५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २० हजार ८ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २० हजार २ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६५ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK