×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ सटरमा महानगरको ताला  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ सटरमा महानगरको ताला  

Artha Sarokar

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका १ सय ७५ वटा सटरमा ताला लगाएको छ । महानगरको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १ सय ७५ वटा सटरमा ताला लगाएको हो । 

जसमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएको महानगरले जनाएको छ । बाँकी सटर भने सञ्चालकले नै बन्द गरेका हुन् । 

महानगरले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टलगायतका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । 

यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।
विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहराहरूमा ताला लगाएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी