×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जन्मदेव महासङ्घको नेतृत्वमा उम्मेदवार बन्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जन्मदेव महासङ्घको नेतृत्वमा उम्मेदवार बन्ने

Artha Sarokar

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आगामी पत्रकार महासङ्घको निर्वाचनमा श्रमजीवी-पत्रकार संघले अध्यक्ष जन्मदेव जैसीलाई महासङ्घको नेतृत्वका लागि उम्मेदवार बनाउने भएको छ । महासंघलाई तत्काल निर्वाचन मिति घोषणा गर्न दबाब दिदै अध्यक्ष जैसीलाई महासङ्घको नेतृत्वका लागि उम्मेदवारी बनाउने र त्यसका लागि देशभरका श्रमजीवी पत्रकारहरुलाई साथ दिन आव्हान पनि गरेको छ । मंगलबार संघको कार्यालयमा बसेको बैठकले जैसीसहित अन्य स्थानीय तहका पदमा अरु श्रमजीवी पत्रकार संघको तर्फबाट उम्मेदवार बनाउने निर्णय संघले गरेको छ ।

विगत लामो समयदेखि आमसञ्चार क्षेत्रमा कार्यरत श्रमजीवी पत्रकारको श्रम अधिकारका लागि पैरवी गर्दै आएका जन्मदेवले हजारौं श्रमजीवीलाई श्रमको मुल्य दिलाइसकेका छन् । देशभरका श्रमजीवी पत्रकारहरुले कमजोर बन्दै गएको महासङ्घको साख बचाउन र थप अधिकारका लागि पैरवी गर्न र महासङ्घलाई ट्रेड युनियन संस्थाको रुपमा विकास गर्न जैसीलाई महासङ्घको नेतृत्वमा पुर्याउनुपर्ने भन्दै देशभर अभियान चलाइरहेका छन् । बौद्धिक  श्रमजीवीको उक्त मतको कदर गर्दै संघले जैसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले आम सञ्चार क्षेत्रमा श्रमजीवीहरुले भोग्नुपरेका समस्या, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको चुनौती, लामो समयदेखि वृद्धि नभएको पत्रकारको पारिश्रमिक, विभिन्न मिडिया हाउसमा पारिश्रमिक भुक्तानी नभएकोलगायतका एजेण्डामा पनि ठोस निर्णय गरेको छ ।

सरकारले विगत ६ वर्षदेखि श्रमजीवी-पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि संघको नेतृत्वमा पटक-पटक ध्यानाकर्षण र दबाब दिँदा पनि वृद्धि नगरेकोमा गम्भीर चासो व्यक्त गर्दै तत्काल अल्टिमेटमपत्र बुझाउने, अल्टिमेटम अवधिभित्र बृद्धि नगरिएमा चरणबद्ध सङ्घर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै आमसञ्चार सम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र अन्य सञ्चारसम्बन्धी विचाराधीन ऐन पारित गर्न सरकारले प्रक्रियागत रुपमा ढिलासुस्ती गरेकोमा आपत्ति जनाउँदै तत्काल सरोकारवालाहरुसँग छलफल गरी संसदमा पेश गर्न ध्यानाकर्षण गराउने । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लघंन राज्यकै महत्वपूर्ण निकायबाट भएकाले त्यसको विरोध गर्दै पत्रकारहरुलाई समाचार लेखेकै आधारमा धम्की दिने, कुटपिट गर्ने कार्य रोक्न र त्यस्ता घटनामा संलग्नलाई छानविन गरी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउने भनेको छ ।

विभिन्न मिडिया हाउसहरुमा श्रमजीवी पत्रकारहरुले अझै तलब पाएका छैनन् । अवकाश जान चाहनेहरूले कानुनअनुसार उपदान र सेवा सुविधा नदिएकोमा त्यसको भर्त्सना गर्दै ती मिडिया हाउसहरुमा ध्यानाकर्षणपत्र बुझाउने । साना तथा स्वरोजगार मिडियाको संरक्षण एवं बिना धितो सहुलियत दरमा न्यूनतम ५ करोडसम्म ऋण उपलब्ध गराउन दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, पत्रकार महासङ्घको वैधानिकता समाप्त पार्न खोज्ने वर्तमान नेतृत्वको कार्यशैलीप्रति घोर भर्त्सना गर्दै महाधिवेशनले तोकेको मितिमा निर्वाचन गर्न नसकेकोमा क्षमा माग्न अमूर्त हैन, तत्काल निर्वाचनको मिति निर्धारण गर्न, छुटेका सक्रिय पत्रकारहरुलाई नविकरण/सदस्यता प्रदान गरेर मतदाता नामावली जेठ मसान्तभित्रै सार्वजनिक गर्न बाध्य पार्न महासंघ नेतृत्वलाई दबाब दिने । अहिलेसम्म विधान विपरित भएका कार्य खारेज गर्दै विधान विपरित निर्देशक समितिले कुनै कार्य गरेमा त्यसको सांकेतिक विरोध कार्यक्रम गर्ने बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी