×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपन्न वर्गको छुट्टै अस्पताल खोल्न सांसद दाहालको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विपन्न वर्गको छुट्टै अस्पताल खोल्न सांसद दाहालको माग

Artha Sarokar

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद लेखनाथ दाहालले विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने किसिमको विपन्न नागरिक अस्पताल स्थापना गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद दाहालले यस्तो माग गरेका हुन् ।

उनले विपन्न नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै सरकारी अस्पतालमासमेत सुविधासम्पन्नकै पहुँच रहेकोले विपन्नले मात्र स्वास्थ्य सेवा पाउने गरी छुट्टै अस्पताल स्थापना गर्न आवश्यक रहेको बताएका छन् ।

‘सरकारी अस्पताल सम्पन्न र पहुँचवालाका मात्र भएका छन् । सरकारी अस्पतालभित्रै विपन्नको पहुँच छैन । विपन्नले बेड, आइसीयु र भेन्टिलेटर पाउँदैन ।’, सांसद दाहालले भने, ‘विपन्न व्यक्तिलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निःशुल्क उपचार दिनेगरी विपन्न नागरिक अस्पताल खोल्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

त्यस्तै, सांसद दाहालले क्यान्सर लगायतका रोगले आम जनतामा गम्भीर असर परेको बताएका छन् । उनले सरकारले सबैभन्दा पहिलो नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी