×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रमाधान रोजगार मेलाः जागिर खोज्ने र दिनेको भीड (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्रमाधान रोजगार मेलाः जागिर खोज्ने र दिनेको भीड (फोटो-कथा)

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ । रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो । मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन् । 

पाटन बहुमुखी क्याम्पसमा भएको मेलामा जागिर खोज्ने र दिनेहरुको भीड लागेको छ । मेलामा सरकारी र निजी गरी ८० भन्दा बढी क्षेत्रका रोजगार कक्ष राखिएका छन् । 

सातै प्रदेशमा सञ्चालन भएको मेला यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । त्यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा मेला गरिएको हो । ६ प्रदेशमा सम्पन्न भएपछि मेला ललितपुरमा सम्पन्न भएको छ । 

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी क्षेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी