काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले टिकटकमाथिको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले टिकटकमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका हुन् ।
उनले अपराध र विकृति नियन्त्रण गर्ने भन्दै टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरेका छन् ।
‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्धअघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ ।’, सांसद साहले भने, ‘टिकटकको विकल्पमा फेसबुक र इन्स्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’
त्यस्तै, सांसद साहले सरकारले लगाएको प्रतिबन्धको कारण दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौँ रुपैयाँ गुमाउनु परेको र टिकटकबाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ति व्यवसायीहरु मर्कामा परेका तथा विस्थापित भएको धारणा संसदमा राखेका छन् । उनले अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दिने तर टिकटकलाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुनेसमेत बताएका छन् ।
सरकारले टिकटकमार्फत अपराध बढेको तथा सामाजिक सद्भाव बिगार्ने गरी विकृति फैलिएको भन्दै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्