काठमाडौं। शिवम् सिमेन्टले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्य रुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान-समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरेको थियो ।
उक्त समारोहमा शिवम् सिमेन्टले आफ्नो उत्कृष्ट डिलरहरू मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष अवार्ड दिइएको थियो ।
साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरहरुलाई शिवम् डायमन्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलबर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले ‘विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र ऐक्यवद्धतालाई आधार मानेर शो शीर्षक राखिएको जानकारी दिए ।
जसमा शिवम् नेशनल डायमन्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपराईटर सुनिल कुमार सिंह र शिवम् नेशनल सिलबर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जितेका थिए ।
त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट बिक्रेता अन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए ।
देशभरका वितरक तथा बिक्रेताहरूको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै शिवम् सिमेन्ट् देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए ।