×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव 

Artha Sarokar

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनमा सहभागीहरुले अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङकोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रमको सुरुवातसँगै पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रमका लागि एक अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ । योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएको दूतावासको भनाई छ ।

भारतीय राजदूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शनको पनि आयोजना गरेको थियो ।

यस वर्षको ‘स्वयम् र समाजका लागि योग’ भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरु बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको भारतीय राजदूतावासले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी