×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल र भारतको सहकार्यले बंगलादेशलाई पनि फाइदा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल र भारतको सहकार्यले बंगलादेशलाई पनि फाइदा !

Artha Sarokar

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतको ग्रिड प्रयोग गरी बङ्गलादेशमा विद्युत निर्यातलाई ऊर्जा क्षेत्रमा उप-क्षेत्रीय सहकार्यको महत्वपूर्ण उदाहरणको रूपमा उजागर गरेका छन्। यो घोषणा उनले नयाँ दिल्लीमा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनासँगको संयुक्त पत्रकार सम्मेलनमा गरेका हुन्।

नेपाल र बङ्गलादेशले प्रारम्भिक रूपमा ४० मेगावाट विद्युत निर्यात गर्ने सहमति जनाएका छन्। यो सहमतिले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको पछिल्लो भारत भ्रमणकाक्रममा भएका सहमतिलाई कार्यान्वयन तर्फ अगाडि बढाउने छ । भारत र बाङ्लादेशले सम्झौतालाई अन्तिम रूप दिने तयारी गरिरहेका छन्।

मोदीले आफ्नो ‘छिमेकी पहिला’ नीति, ‘पूर्वतर्फ हेरौं’ नीति, ‘सागर दृष्टिकोण’ र ‘इनडो-प्यासिफिक’ मा बङ्गलादेशलाई समावेश गरिएको कुरालाई जोड दिए। हसिनाले पनि भारतलाई बङ्गलादेशको विश्वासिलो निकटतम छिमेकीको रूपमा स्वीकार गरेकी छिन्।

भारत र बङ्गलादेशबीचको सहमतिमा तीस्ता नदी संरक्षण परियोजना, रक्षा र सम्पर्क विस्तारका कार्यक्रमहरू पनि समावेश छन्।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी