काठमाडौं। भूगर्भ सिमेन्ट लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपिओ जारी गर्ने भएको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्नेछ । उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
भूगर्भ सिमेन्टले आइपिओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा भूगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका-०६, मा सिमेन्ट कारखाना तथा नरपानी/खाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ ।