Skip to content
LAXMI SUNRISE BANK

जलमग्न काठमाडौं उपत्यका… (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं । शुक्रबार देखि नियमित परिरहेको बर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ । सडकहरुमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरु डुवानमा परेका छन् ।

पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नदी किनारामा रहेका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया वदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको बताएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK