×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ वर्षमै ७ सय ९४ सरकारी कर्मचारीले जागिर छोडे !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ वर्षमै ७ सय ९४ सरकारी कर्मचारीले जागिर छोडे !

२३ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक वर्षमा ७ सय बढि सरकारी कर्मचारीले जागिर छोडेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा निजामती सेवामा कार्यरत ७ सय ९४ कर्माचारीले जागिर छोडेका हुन् । 

उनीहरुले सेवा अवधि बाँकी रहँदै राजीनामा बुझाएको किताब खानाको रेकर्डमा उल्लेख छ ।

किताब खानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, माली लगायत) छन् ।

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी