Skip to content
LAXMI SUNRISE BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज बेलायती पाउण्डको खरिद दर १७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १७१ दशमलव ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजका लागि युरोको विनिमयदर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ शून्य पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा पुगेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK