×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकप्रिय बन्दै नेपाली पात्रो, प्लेस्टोरमा एक करोड पटक डाउनलोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लोकप्रिय बन्दै नेपाली पात्रो, प्लेस्टोरमा एक करोड पटक डाउनलोड

Artha Sarokar

२६ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाली पात्रोको मोबाइल एप गुगल प्लेस्टोरमा एक करोड पटक डाउनलोड भएको छ । नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव र पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो ।

साथै, नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको छ । नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्यसूची, ज्योतिष, राशिफल जस्ता आजको जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश छन् ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरंजनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानकारी दिए ।

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि रहेको छ ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युज पोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै संचार नेटवर्क भएको नेपाली एप्लिकेसन हो ।

हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्कट नेट टिभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी