×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिशुली नदीमा उद्धार तथा खोजीमा खटियो त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

त्रिशुली नदीमा उद्धार तथा खोजीमा खटियो त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम 

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिशुली नदीमा उद्धार तथा खोजीमा त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम खटिएको छ  । त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्धार कार्यका लागि जुटेको हो ।

साहसिक खेल मात्र नभइ उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्स समेत भनिन्छ ।

भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ । जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन् ।

मलेखु स्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।

सिमलतालदेखि गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सञ्चालक उद्धव कँडेलले बताएका छन् । र्‍याफ्‌टिङ गाइड समेत रहेका उद्धव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी