Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरि ल्याउनुपर्छः घरजग्गा महासंघ

अर्थ सरोकार

काठमाडौँ । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरि ल्याउन माग गरेको छ । महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने माग गरेको हो । 

महासंघका अध्यक्ष भेषराज लोहनीले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिनेगरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । राष्ट्र बैंक घरजग्गा कारोबारप्रति कठोर नभई उदार भएर मौद्रिक नीति तर्जुमा गर्न आवश्यक रहेको बताउँदै लोहनीले घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्यूनतम ८० प्रतिशत पुर्याउन माग गरेका छन् ।

‘मुलुकको अर्थतन्त्र संकुचित भएको पृष्ठभूमिमा खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ । राष्ट्र बैंकले उदार ढङ्गले मौद्रिक नीति ल्याउनुपर्छ ।’, लोहनीले भने, ‘घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्यूनतम ८० प्रतिशत पुर्याउनुपर्छ । घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्छ ।’ 

त्यस्तै, अध्यक्ष लोहनीले घरजग्गा कर्जाको हकमा लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने बताएका छन् । ‘रियल स्टेट कर्जालाई रिस्ट्रक्चर नगरेको अवस्था छ । यो पटक घरजग्गा कारोबारमा कर्जाको रि-स्ट्रक्चर र रि-सेडुल गर्ने व्यवस्था गर्नुपर्छ ।’, उनले भने, ‘कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउनुपर्छ भन्ने राष्ट्र बैंकलाई हाम्रो सुझाव हो ।’

हाल कसिलो मौद्रिक नीतिकै कारण सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसकेको भन्दै आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष लोहनीले जोड दिएका छन् । उनले बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिँदा पनि कर्जा प्रवाह हुन नसकेको बताएका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK