×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन लागेसँगै पोते बजारमा चहलपहल… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साउन लागेसँगै पोते बजारमा चहलपहल… (फोटो-कथा)

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  साउन महिना लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरू हरिया-पहेँला चुरापोते किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् ।

हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरू हरियो, रातो र पहेंलो पोते लगाउने गर्छन् । साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ । 

पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहन्दी लगाउने गरेको पाइन्छ । हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी