काठमाडौँ । न्युरोडको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेका छन् । अदालतको आदेशपछि काठमाडौँ महानगरले पुनः सुरु गरेको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध सृजना गरेका हुन् ।
न्युरोडको फुटपाथ विस्तार गर्न नदिने भन्दै काठमाडौँ महानगरपालिका-२२ का अध्यक्ष चिनकाजी महर्जनसहितको टोली विरोधमा उत्रिएपछि महानगरले ठूलो संख्यामा प्रहरी खटाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः