×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आषाढ पूर्णिमाः भारतीय राजदूतावासद्वारा विशेष कार्यक्रम आयोजना 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आषाढ पूर्णिमाः भारतीय राजदूतावासद्वारा विशेष कार्यक्रम आयोजना 

Artha Sarokar

६ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आषाढ पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ । दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको क्षण नै आषाढ पूर्णिमा हो । बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिएको उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि लिइन्छ ।

कार्यक्रममा थेरावडा संघ, महायान संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो । 

नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताएका छन् । त्यस्तै, नियोग उपप्रमुखले शताब्दियौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी