×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Artha Sarokar

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले बढेर एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ११०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २६ हजार ३ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २५ हजार ७ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५४७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी