काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । काठमाडौँबाट पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएपछि केही बेरका लागि बन्द भएको विमानस्थल पुनः सञ्चालनमा आएको हो ।
दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको भने मृत्यु पुष्टी भएको छ ।
जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको जीवितै उद्धार गरिएको थियो । उनको टाउको चोट लागेको भए पनि अवस्था भने खतरामुक्त रहेको अस्पताल स्रोतले बताएका छ । हाल शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका सबैजना सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ । जहाज मर्मतका लागि पोखरा लगिँदै थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्