काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम आजै (बुधबार) हुने भएको छ । जहाजमा सवार १९ मध्ये मृत्यु भएका १८ जनाको पोस्टमार्टम आजै हुने भएको हो ।
सबै मृतकको शव घटनास्थलबाट उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याइएको छ । मृतकको पोस्टमार्टमका लागि तयारी सुरु गरिसकेको अस्पताल स्रोतले जनाएको छ । पोस्मार्टमका लागि अस्पतालले प्राविधिक जनशक्तिलाई तत्काल अस्पताल आउन खबर गरिसकेको छ ।
पोस्टमार्टम २ घण्टापछि सुरु हुनेछ । पोस्टमार्टम सकेर तीन दिनपछि मात्र शव आफन्तको जिम्मा लगाइने अस्पताल स्रोतले बताएको छ ।
दुर्घटनामा परेको जहाजमा १९ जनामध्ये जहाजका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको केएमसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको भए पनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । बुधबार बिहान करिब ११ बजे काठमाडौँदेखि पोखरा जाने क्रममा विमानस्थलबाट ‘टेक अफ’ गर्ने बित्तिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्