Skip to content
LAXMI SUNRISE BANK

नेपाल-भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

अर्थ सरोकार

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटवार्तामा सिलीगुडी-चारआली र अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो । त्यस्तै, सर्लाहीमा ग्यास पाइपलाइन निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो स्थानान्तरणका विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK