काठमाडौँ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रतिष्ठित व्यापारिक संगठन ‘केइजाई दोयुकाई’ का अध्यक्ष ताकेशी निनामीको नेतृत्वमा भारत आएका २० सदस्यीय उच्चस्तरीय जापानी प्रतिनिधिमण्डललाई ७ लोक कल्याण मार्गमा स्वागत गरेका छन्।
भेटवार्तामा द्विपक्षीय व्यापार, लगानीका अवसरहरू, तथा कृषि, जलस्रोत, रक्षा, स्पेस, बीमा, सफा ऊर्जा, परमाणु ऊर्जा, एमएसएमई लगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री मोदीले भारत-जापानबीचको ‘विशेष रणनीतिक तथा वैश्विक साझेदारी’ लाई मजबुत बनाउने प्रतिबद्धता दोहोर्याउँदै जापानी लगानीकर्ताहरूका लागि भारतमा अनुकूल वातावरण रहेको बताएका छन्। उनले ‘जापान प्लस’ प्रणालीको चर्चा गर्दै लगानी छिटो, सहज र पारदर्शी रूपमा अघि बढाउन भारत दृढ रहेको स्पष्ट पारे। उनले भारतको हवाइ उड्डयन क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै नयाँ विमानस्थलहरू निर्माण, पूर्वाधार विकास, र लगिस्टिक्स क्षमताको विस्तारमा सरकारले ठूलो प्राथमिकता दिएको बताए।
साथै, कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा भारतको विविधता र जनसंख्या आकारका कारण यसले विश्वस्तरमा प्रमुख भूमिका खेल्ने विश्वास व्यक्त गरे। हरित ऊर्जा र जैविक इन्धनमा भारतले थालेको अभियानको चर्चा गर्दै उनले कृषिक्षेत्रमा यसको ठूलो लाभ हुने बताए। बीमा क्षेत्र खुला हुनुका साथै स्पेस र परमाणु ऊर्जा जस्ता अत्याधुनिक क्षेत्रमा नयाँ अवसरहरू खोलिँदै गएको जानकारीसमेत दिए।
जापानी प्रतिनिधिमण्डलले पनि भारतसँग मानव संसाधन विकास र सीप अभिवृद्धि क्षेत्रमा सहकार्य गर्ने योजना साझा गरे। उनीहरूले ‘Make in India, Make for the World’ को दृष्टिकोणलाई प्रशंसा गर्दै, भारतमा लगानीका अनगिन्ती सम्भावनाहरू रहेको बताएका थिए।
यस उच्चस्तरीय बैठकले ‘विक्सित भारत @2047’ को परिकल्पनामा जापानी व्यापारिक जगत्को समर्थन रहेको स्पष्ट संकेत दिएको छ। दुवै पक्षले आपसी साझेदारीलाई थप प्रगाढ बनाउने दृढता व्यक्त गरे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्