×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको गरिबी चित्र बदलिँदै: विश्व बैंकको नयाँ रिपोर्टले ल्यायो चकित पार्ने तथ्यांक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतको गरिबी चित्र बदलिँदै: विश्व बैंकको नयाँ रिपोर्टले ल्यायो चकित पार्ने तथ्यांक

Artha Sarokar

२६ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । विश्व बैंकले केही दिनअघि सार्वजनिक गरेको पछिल्लो गरिबी सम्बन्धी प्रतिवेदनले भारतलाई नयाँ आर्थिक युगतर्फ उन्मुख राष्ट्रको रूपमा चित्रण गरेको छ । दशकौँसम्म ‘गरिबीको घर’ भनेर व्याख्या गरिँदै आएको भारत आज ती दागहरू मेट्दै, नयाँ पहिचान निर्माण भएको हो ।

रिपोर्टका अनुसार, दैनिक ३ अमेरिकी डलर आयको आधारमा हेर्दा भारतको निरपेक्ष गरिबी दर अब केवल ५.३५ रहेको छ । त्यसमध्ये शहरी गरिबी त झन् घटेर १.१५ मा झरेको छ । यदि हामी अझ न्यून आय स्तर, अर्थात् २. १५ डलर प्रतिदिनलाई आधार मानेर मूल्यांकन गर्‍यौं भने, भारतको निरपेक्ष गरिबी २. ३५ मा सीमित छ । जुन तथ्य स्वयम् विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो सन् २०११-१२ मा २२.५५ रहेको दरबाट आएको यो परिवर्तन केवल संख्यात्मक नभई ऐतिहासिक हो ।

मध्यम वर्गमा २७ करोडको छलाङ

रिपोर्टले अर्को उल्लेखनीय कुरामा संकेत गर्छ- भारतमा करिब २७ करोड मानिसले गरिबीको रेखा पार गर्दै मध्यम वर्गमा प्रवेश गरेका छन् । पछिल्लो दशकमा खाद्य सुरक्षा योजना, सामाजिक सुरक्षा जाल, र बृहत् जनकल्याण कार्यक्रमले यो सम्भव भएको बताइन्छ ।

भारत सरकारको ‘जनधन’, ‘उज्ज्वला’, ‘रासन कार्ड पोर्टेबिलिटी’, र ग्रामीण विकास योजनाहरूले गरिब जनताको जीवनस्तरलाई परिवर्तन गर्न निर्णायक भूमिका खेलेको रिपोर्टको निष्कर्ष छ ।

बहुआयामिक गरिबी: शिक्षा, स्वास्थ्य, आवास

गरिबी अब केवल आयको सवाल होइन, अवसरको अभाव, शिक्षाको पहुँच, पोषणको स्तर र आवास अवस्थाको बहुआयामिक प्रभाव पनि महत्त्वपूर्ण छन्। यही आधारमा विश्व बैंक र युएनडीपीसँग मिलेर तयार गरिएको MPI (Multidimensional Poverty Index) मा भारतको गरिबी १५. ५५ मा घटेको देखिन्छ । यो दर सन् २००५-०६ मा ५४५ भन्दा बढी थियो ।

यसमा बिहार, झारखण्ड, उत्तर प्रदेश, र मध्य प्रदेश जस्ता राज्यहरूमा सुधार उल्लेख्य रूपमा देखिएको छ । यसले देखाउँछ कि भारतको विकास केवल महानगर केन्द्रित छैनस ग्रामीण भूगोलमा पनि प्रभावकारी काम भएको छ ।

किन अर्थपूर्ण छ यो परिवर्तन ?

एक दशकअघि भारतमा रहेका गरिबीका तथ्यांकहरू आज पुराना भइसके । हिजोका समाचारहरूमा गरिबीले भारतको समृद्धिको कथालाई अविश्वसनीय बनाउँथ्यो, आज त्यही देशमा विश्वकै दोस्रो सबैभन्दा ठूलो मध्यम वर्ग देखिन्छ ।

यो परिर्वतन विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको पुष्टि मात्रै होइन, भारतले आफ्नै नीति, कार्यान्वयन र राजनीतिक स्थिरतामार्फत सम्भव बनाएको उपलब्धि हो।

नेपालका लागि सिकाइ के ?

भारतको यो यात्रा नेपालका लागि सिकाइको पाठ पनि हो । दीर्घकालीन दृष्टिकोण, निरन्तर नीति कार्यान्वयन, र जनसरोकारका कार्यक्रमहरूको समन्वयले मात्र गरिबी अन्त्यको लक्ष्य सम्भव छ । नेपालको सन्दर्भमा, योजनाको घोषणा त गरिन्छ, तर न परिणाम आउँछ न तथ्यांकको पारदर्शिता हुन्छ ।

भारतले तथ्यांक आधारित नीतिमा ध्यान दिँदै, गरिबीमुक्तिको नारा जनस्तरसम्म पुर्‍याउन सक्यो । हामी किन चुकिरहेछौं ?

विश्व बैंकको यो रिपोर्ट भारतका लागि उत्साहको विषय त हो नै, तर छिमेकी राष्ट्रहरूका लागि चुनौतीको पनि हो । चुनौती नीति सुधारको, चुनौती पारदर्शिताको, र चुनौती दीर्घदृष्टिकोणको । भारत गरिब देश होइन भन्ने कुरामा अब सन्देह होइन, प्रमाणित तथ्य हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी