×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत-क्यानडा सम्बन्धमा नयाँ अध्यायको सुरुवातः ‘जि सेभेन सम्मेलन’को अवसरमा द्विपक्षीय संवाद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारत-क्यानडा सम्बन्धमा नयाँ अध्यायको सुरुवातः ‘जि सेभेन सम्मेलन’को अवसरमा द्विपक्षीय संवाद

Artha Sarokar

१० असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हालै क्यानडामा सम्पन्न भएको ‘जि सेभेन शिखर सम्मेलन’ भारत-क्यानडा सम्बन्धमा नयाँ मोड ल्याउने ऐतिहासिक अवसर बनेको छ । पछिल्ला केही महिनाहरूदेखि कूटनीतिक तनावमा रहेको दुई देशबीच प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानाडाली प्रधानमन्त्री कार्नीबीचको भेटघाटले सम्बन्ध सुधारतर्फ सकारात्मक संकेत दिएको छ । यस भेटलाई दुवै मुलुकका सञ्चारमाध्यमहरूले ‘डिप्लोम्याटिक रिसेट’ को रूपमा चित्रण गरेका छन् ।

स्मरणीय छ, २०२३ को उत्तरार्धमा क्यानाडाले भारतमाथि सिख चरमपन्थी समूहहरूलाई समर्थन गरिरहेको आरोप लगाउँदै एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासित गरेको थियो । जसपछिको प्रतिक्रिया स्वरूप भारतले पनि क्यानाडाका उच्चपदस्थ कूटनीतिज्ञहरूलाई फिर्ता पठाएको थियो । यस घटनाक्रमले दुई देशबीचको सम्बन्धमा चिसोपना ल्याएको थियो र उच्चस्तरीय संवाद लगभग ठप्प भएको थियो ।

तर, क्यानाडामा आयोजित न्७ सम्मेलनका क्रममा दुवै नेताहरूबीच भएको संवादले सम्बन्धमा पुनः उर्जा भरिदिएको छ । प्रधानमन्त्री मोदीले द्विपक्षीय हितका क्षेत्रहरू, जस्तैः व्यापार, शिक्षा, आपराधिक न्याय प्रणालीमा सहयोग र आपसी विश्वास निर्माणमा थप सहकार्यको आवश्यकता औंल्याए । क्यानाडाली प्रधानमन्त्री कार्नीले पनि ‘अतीतलाई पछाडि राखी भविष्यतर्फ बढ्ने’ प्रतिबद्धता जनाए ।

भारतले क्यानाडालाई स्पष्ट रूपमा सन्देश दिएको छ कि विदेश नीति आत्मसम्मानमा आधारित हुनेछ र चरमपन्थी गतिविधिहरूको समर्थन कुनै हालतमा स्वीकार्य छैन । यता क्यानाडाले पनि आफ्नो मुलुकभित्र असन्तुलित ढंगले बढेका भारतविरोधी गतिविधिहरूलाई नियन्त्रण गर्न आवश्यक नीति परिवर्तन गर्न तयार भएको देखिएको छ । दुवै नेताहरूले उच्च आयुक्तहरूको पुनर्नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने सहमति जनाएका छन् । यसले दुई देशबीचको कूटनीतिक संवाद पुनः स्थापित गर्ने विश्वास निर्माण गराएको छ । साथै, क्यानाडास्थित भारतीय समुदायबीचको ठूलो जनसंख्याले पनि यस सम्बन्ध सुधारलाई सकारात्मक रूपमा स्वागत गरेको छ ।

यो भेटघाट केवल दुई नेताबीचको शिष्टाचार मात्रै होइन, यो दुई लोकतान्त्रिक राष्ट्रबीचको परिपक्वता र परिपक्व नेतृत्वको संकेत हो, जहाँ वैचारिक मतभेदलाई संवाद र सहकार्यद्वारा समाधान गर्न सकिन्छ भन्ने धारणा बलियो बनाइएको छ । भविष्यमा यो सम्बन्ध पुनः मजबुत बनाउने दिशामा दुई मुलुकले ठोस कार्ययोजना तयार गर्ने अपेक्षा गरिएको छ । शिक्षा, आप्रवासन, सुरक्षा, व्यापार, र जलवायु परिवर्तन जस्ता साझा चासोका विषयहरूमा सहयोग बढाउने सम्भावना प्रबल देखिएको छ । यसरी न्७ सम्मेलनको यो अवसर भारत–क्यानाडा सम्बन्धका लागि पुनर्जागरणको घडी बनेको छ, जसले भविष्यमा दुवै देशलाई थप नजिक ल्याउने आशा गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी