×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरु उपलब्ध गराउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरु उपलब्ध गराउने

Artha Sarokar

१७ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। एनसेलले आम उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको हो । 

यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेशनल नम्बरिङ अलोकेशन प्लान)को नियम अनुरूप जारी भएको हो । दूरसञ्चार सेवाहरू बाहेक विभिन्न महत्वपूर्ण कामहरू जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरूलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न अनुरोध गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी