काठमाडौं । भारतले आज आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाउँदैछ । प्रत्येक वर्ष १५ अगस्टमा ब्रिटिस उपनिवेशवादको अन्त्य र एक स्वतन्त्र राष्ट्रको रूपमा भारतको उदयको प्रतीकका रूपमा भारतीय स्वतन्त्रता दिवस मनाइन्छ ।
भारतमा स्वतन्त्रता दिवस देशभक्ति र एकताको भावनालाई बढवा दिने विभिन्न समारोह र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ । मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतीय प्रधानमन्त्रीले झन्डोत्तोलन गर्छन् । झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान बजाइन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएर राष्ट्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचिरबाट स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दैछन् ।
यस पटक देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ । मोदीले स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई समेत दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्