×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७९औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

७९औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतले आज आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाउँदैछ । प्रत्येक वर्ष १५ अगस्टमा ब्रिटिस उपनिवेशवादको अन्त्य र एक स्वतन्त्र राष्ट्रको रूपमा भारतको उदयको प्रतीकका रूपमा भारतीय स्वतन्त्रता दिवस मनाइन्छ ।

भारतमा स्वतन्त्रता दिवस देशभक्ति र एकताको भावनालाई बढवा दिने विभिन्न समारोह र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ । मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतीय प्रधानमन्त्रीले झन्डोत्तोलन गर्छन् । झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान बजाइन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएर राष्ट्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचिरबाट स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दैछन् ।

यस पटक देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ । मोदीले स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई समेत दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी