काठमाडौँ । भारतले पछिल्लो समय बहुआयामिक कूटनीतिक सक्रियता बढाएको छ । भारतीय त्रि-सेना प्रतिनिधिमण्डलले इजरायल एरोस्पेस इन्डस्ट्रीज (IAI) को भ्रमण गर्दै लङ-रेन्ज स्ट्यान्ड-अफ हतियार सम्बन्धी सहकार्यबारे छलफल गरेको छ । यसलाई भारतको दीर्घ दूरी आक्रमण क्षमताको उन्नयनका रूपमा हेरिएको छ । जसले हिन्द प्रशान्त क्षेत्रमा उसको रणनीतिक उपस्थिति बलियो बनाउने विश्लेषण गरिएको छ ।
यसैबीच, कतारका वाणिज्यमन्त्री अहमद अल-सय्यदको नेतृत्वमा आएको लगानी प्रतिनिधिमण्डलले भारतमा ऊर्जा, पूर्वाधार, वित्त र खाद्य-प्रसंस्करण क्षेत्रमा लगानी विस्तारबारे छलफल गरेको छ । यसलाई खाडी-भारतबीचको पूँजी प्रवाह सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
युरोपेली मोर्चामा, प्रधानमन्त्री मोदी र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्बबीच भएको भेटमा भारत-युरोपेली संघ (EU) FTA र युक्रेन युद्धका प्रभावबारे चर्चा भएको छ । डिजिटल व्यापार र ‘रुल्स अफ ओरिजिन’ मा प्राविधिक सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ ।
यी सबै भेटघाट र सहकार्यलाई भारतीय विदेश नीतिको सन्तुलित बहुआयामिक कूटनीतिका उदाहरणका रूपमा हेरिएको छ । भारतले एकैपटक रक्षा, लगानी र व्यापार क्षेत्रमा सहकार्य बढाएर आगामी दशकमा आफ्नो आर्थिक-राजनीतिक प्रभाव विस्तार गर्ने संकेत दिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्