काठमाडौँ । कृषि बिकास बैंकको अध्यक्ष नियुक्त भएका एमाले नेतालाई पदबाट बर्खास्त गर्नुपर्ने माग चौतर्फी उठेको छ । अव देशनै युवाहरुको काँधमा आएका बेला एमाले भएकै कारण बैंकको अध्यक्ष नियुक्त भएका एमाले नेता डिम प्रकाश पौडेललाई पदबाट हटाउनुपर्ने माग उठेको हो ।
विशेषगरी बैंकरहरुले चलाएका सामाजिक संजालका विभिन्न ग्रुपहरुमा यस्तो माग उठेको हो । बैंक तथा वित्तीय संस्था हरुलाई राजनीति बाट टाढा राख्नुपर्ने अभियान चलाउनुपर्ने भन्दै उनीहरुले यसको सुरुवात कृषि बिकास बैंकबाट हुनुपर्ने आवाज उठाएका हुन् ।
यस्तै उनीहरुले एमाले भएकै कारण हरि कुमार सिलवालले बैंकको ऋणी हुँदाहुँदै गैरकानुनी रुपमा बैंकको संचालक पद पाएको भन्दै उनलाई पनि बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
कृषि बिकास बैंकमा यसअघि पनि एमालेको राम्रै हालीमुहाली थियो । स्वयम् बैंकका सीइओ पनि एमाले नेता पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । एमाले नेताकै सिफारिसमा बैंकले कतपय स्वार्थको द्वन्द हुनेगरी ऋण प्रवाहसमेत गरेको छ ।
अति भएको भन्दै केहि दिन अघि मात्र प्रदर्शनकारीले कृषि बिकास बैंकमा तोडफोड गरेका थिए । सोहि क्रममा बैंकका एक कर्मचारीको टाउकोमा गोली लागेको समेत छ । डिम प्रकाश पौडेल स्वयमले पनि बालेनले ३० हजार भोट कटाए काठमाडौँमा ३० दिन बस्दिन भनेर सार्वजनिक रुपमा स्ट्याटस नै लेखेका थिए ।