काठमाडौँ । नेपाल र भारतबीच भएको द्विपक्षीय बैठकले रेलमार्गबाट व्यापार विस्तार गर्ने सम्झौता गरेको छ । यो सम्झौताले जोगबनी (भारत) र विराटनगर (नेपाल) बीच रेलमार्फत मालसामान ढुवानीलाई सहज हुनेछ । यसले कन्टेनरयुक्त र बल्क कार्गो दुवै मालसामानलाई समेट्नेछ ।
यो सम्झौताले कोलकाता-जोगबनी, कोलकाता–नौतनवा (सुनौलि), र विशाखापट्टनम–नौतनवा (सुनौलि) समेट्ने प्रमुख पारगमन मार्गहरूमा बहुमुखी व्यापार कनेक्टिभिटीलाई मजबुत पार्नेछ ।
नेपालको विराटनगर नजिक मोरङ जिल्लामा अवस्थित नेपाल सीमा शुल्क यार्ड कार्गो स्टेशनसम्मका लागि कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट मालसामानको सहज आवाजाही सुनिश्चित हुनेछ । यो रेलमार्ग भारत सरकारले आर्थिक सहयोगमा निर्माण गरिएको हो र यो रेललाइनको उद्घाटन दुवै मुलुकका प्रधानमन्त्रिहरूले १ जुन २०२३ मा संयुक्त रुपमा गरेका थिए ।
बैठकमा सीमा पारको व्यापार सहज बनाउन एकीकृत जाँच चौकीहरुको विकास जस्ता पहलहरुलाई पनि स्वागत गरिएको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो र यसले नेपाली आर्थिक तथा व्यावसायिक सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
यो सम्झौताले नेपालको तेस्रो मुलुकहरूसँगको व्यापार विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ र नेपालको आर्थिक विकासमा सहयोगी हुने विश्वास छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्