×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत र क्यानडाबीच महत्वपूर्ण खनिज र स्वच्छ ऊर्जामा दीर्घकालीन साझेदारीको सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारत र क्यानडाबीच महत्वपूर्ण खनिज र स्वच्छ ऊर्जामा दीर्घकालीन साझेदारीको सहमति

Artha Sarokar

३० कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। भारत र क्यानाडाले महत्वपूर्ण खनिज र स्वच्छ ऊर्जाको क्षेत्रमा दीर्घकालीन साझेदारीलाई अगाडि बढाउने सहमति गरेका छन् ।

यो सहमतिलाई भारतको खनिज आपूर्ति शृङ्खलाको रणनीतिक विविधीकरणका रूपमा लिइएको छ । जुन देशको बढ्दो आर्थिक आवश्यकताका लागि एक महत्त्वपूर्ण कदम हो।

विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताबीच भारतले आफ्ना लागि आवश्यक पर्ने क्रिटिकल मिनरल्सको भरपर्दो स्रोत सुनिश्चित गर्न खोजिरहेको छ ।

यस साझेदारी अन्तर्गत दुवै राष्ट्रले स्वच्छ ऊर्जा प्रविधिको विकास र आदानप्रदानमा पनि सहकार्य गर्नेछन् । क्यानडा, यी खनिजहरूको प्रमुख उत्पादक र भण्डार भएको देश भएकाले यो सहकार्य भारतको हरित ऊर्जा लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण मानिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी