काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकका लागि सबैभन्दा सुरक्षित लगानी क्षेत्र सेयर बजार भएको बताएका छन् । धितोपत्र बोर्डले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताह २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सेयर मूल्यमा उतार–चढाव भएता पनि बैंकहरूले मार्जिन कल मार्फत जोखिम व्यवस्थापन सहजै गर्न सक्ने भएकाले अन्य क्षेत्रको तुलनामा सेयर बजार सुरक्षित रहेको मिश्रले बताएका छन् ।
त्यस्तै, सेयर बजारमा पारदर्शिता, नियमन र जोखिम व्यवस्थापन सुदृढ हुँदै गएमा यो क्षेत्र बैंक तथा वित्तीय संस्थाका लागि दीर्घकालीन रूपमा समेत सुरक्षित कर्जा क्षेत्रका रूपमा स्थापित हुन सक्ने उनले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंक सधैँ सेयर लगानीकर्ताको पक्षमा रहेको समेत बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्